बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
काठमाडाैं | कात्तिक १५, २०८०
झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
हल्दीबारी गाउँपालिका-४ मा बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। श्रेष्ठले सोमबार राति घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

